सल्लीपिर

0

Shipping is calculated at checkout

1

Description

छिरिङ आफ्नी छोरी पेमासँग कथाका, किताबका कुरा गरिरहन्छ । एकदिन ऊ छोरीलाई भन्छ- 'पढ्नुपर्छ । अक्षर चिन्नुपर्छ । हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरू पनि खस्छन् । तिनै अक्षरहरू मिलेर किताब बन्छ | पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ । हिउँ पग्लिँदा किताबका अक्षर पनि पग्लन्छन् ।'

पेमा बाबुका कुरा बुझ्दिन । उसलाई विश्वास हुन्छ- किताब नै भूत हो । यसले तर्साउँछ । मति बिगार्छ । यसैले त हो उसको आमाबुबाको सम्बन्ध बिगारेको । यसैले त हो बाबुलाई आफूबाट टाढा लगेको ।

कालान्तरमा आफ्नो छोरा फुर्वाले नै पेमालाई भन्छ- 'मलाई पनि किताब चाहियो । कथाको किताब ।'

पेमा झस्किन्छे ।

त्यस रात पेमाले सपना देख्छे । सपनामा छिरिङ पेमालाई भन्छ- 'हरेक आमाबाबुहरू आफ्नै सन्तानको गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ । सपनाबाट ब्युँझिएपछि पेमाले आफैँलाई प्रश्न गर्छे- 'के मेरै कोखबाट जन्मिए मेरा बाबु ?

अनि पेमाको जीवनको उद्देश्य नै बदलिन्छ ।