करोडौ कस्तुरी

0

Shipping is calculated at checkout

1

Description

म त्यो दिन सम्झन्छु, जुन बेला मेरो ओठमाथि भर्खर जुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिई सडक नाप्दै हिँड्थें । कहाँ जाने, कता पुग्ने, कुनै लक्ष्य थिएन । मान्छेहरूले मलाई बरालिएको आवारा केटो भन्थे । त्यसबखत म आफैँलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन । बिनाउद्देश्य, बिनालक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगेँ । रङ्गमञ्चले मजस्तै मान्छे खोजेको रहेछ क्यारे । त्यसपछि रङ्गमञ्चले मलाई कहिल्यै छाडेन । यसले मलाई सबथोक दियो र हरिवंश बनाइदियो ।

यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरूको कथा हो | मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन । यो उपन्यास ती करोडौं कस्तूरीहरूका लागि महत्त्वपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् ।

-हरिवंश आचार्य कलाकार