0
Shipping is calculated at checkout
Description
आँधीलाई झैं सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो ।
पहाडलाई झैँ अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो ।
बादलझैं उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैँले छँदासमेत आफूलाई मन परेको मानिसले छोएझैं आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो ।
जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुऱ्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर ।